
काठमाडौं, १ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।
सत्तारुढ दलले दुई नम्बर प्रदेशको चुनाव असोज २ गतेलाई सार्ने निर्णय गरेलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ठाकुरले सरकारले निर्णय स्वागयोग्य भएको बताए ।
तर, उनले चुनाव सार्ने निर्णयको स्वागतका साथसाथै आफ्नो बटमलाइन पनि सुनाउँदै भने– ‘अब हामी संविधान संशोधन विधेयक पारित नभएसम्म निर्वाचनमा जाँदैनौ ।’
संविधान संशोधन र स्थानीय तहको संख्या थप्नुपर्ने माग राख्दै राजपा अहिले आन्दोलनमा छ । उसको आन्दोलन रोक्नका लागि सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले दुई नम्बरको चुनाव सार्ने निर्णय लिएका हुन् ।
राजपाको माग अनुसार अब १, ५ र ७ नम्बर प्रदेशमा असार १४ गते दोस्रो चरणको निर्वाचन हुनेछ ।











प्रतिक्रिया