
अर्घाखाँची, १ असार । अर्घाखाँचीमा बलात्कृत एक महिलाको उपचारका क्रममा ज्यान गएको छ ।
खज्याङबाट कपडा सिलाई घर फर्किरहेकी छत्रदेव गाउँपालिका–१ बस्ने २१ वर्षीया महिला स्थानीय सानोचिदीकास्थित धान खेतमा बलात्कारको सिकार भएकी थिइन् ।
बलात्कृत भएपछि अशक्त अवस्थामा फेला परेकी उनलाई उपचारका लागि पाल्पा मिसन अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीमाथि जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका–२ बस्ने २२ वर्षीय रमेश बिकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
भोजपुरमा १८ वर्षीय महिला बलात्कृत
यस्तै, भोजपुरमा पनि एक महिला बलात्कृत भएकी छन् । भोजपुर नगरपालिका–१२ दारेगौंडामा सुस्त मनस्थितिकी १८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँमा लेबर काम गरी बस्ने अरुण गाउँपालिका–३ प्याउलीका ३० वर्षीय देबेन्द्र भुजेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने भिमबहादुर तामाङको भान्सा कोठामा करणी गरिरहेको अवस्थामा स्थानियबासीले फेला पारी नियन्त्रणमा लिएको अवस्थामा प्रहरी खटि गएर भुजेललाई पक्राउ गरेको हो ।












प्रतिक्रिया