९ मंसिर २०८३, बुधबार

एमाले महासचिव पोखरेलको प्रतिक्रियाः देउवा सरकारका नियतहरु खुल्दैछन्

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असार । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयन हुन नदिने षडयन्त्र अनुसार २ नम्बर प्रदेशको चुनाव सारिएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयबाट ‘फेसबुक लाइभ’मा एमाले महासचिव पोखरेलले संविधान कार्यान्वयन गर्न नदिने षडयन्त्रसँग सरकारले मिलेमतो गरेको दाबी गरे ।

‘सत्तारुढ गठबन्धनका नियतहरु खुल्दैछन् ।’, महासचिव पोखरेलको माग छ – ‘किन चुनाव सारियो भन्ने जबाफ सरकारले जनतालाई दिनुपर्छ ।’

संविधान कार्यान्वयन गर्न नदिने षडयन्त्रविरुद्ध एमाले २ नम्बर प्रदेशसहित देशभरका जनताका बीचमा जाने महासचिव पोखरेलले जानकारी दिए ।

राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र हृदयश त्रिपाठीको नामै लिँदै महासचिव पोखरेलले उनीहरुले हिम्मत हारेको बताए । ‘नेकपा एमाले २ नम्बर प्रदेशका जनताको बीचमा गएर जाँचिन तयार छ । हामी जनताको बीचमा गएर परिक्षा दिन तयार छौँ, तर राजेन्द्र महतो, महन्ठ ठाकुर र हृदयश त्रिपाठीले किन हिम्मत हारे ?’- महासचिव पोखरेलले भने ।

लोकतान्त्रिक अभ्यासमा सबै पार्टी चुनावमै आउनुपर्छ भन्ने जरुरी नभएको महासचिव पोखरेलको टिप्पणी छ ।