काठमाडौं, १ असार । चुनाव बहिष्कारको घोषणा गर्दै आन्दोलनमा होमिएको राष्ट्रिय जनता पार्टीको आकस्मिक बैठक बस्दैछ ।
अहिले केहीबरेमा विजुलीबजारमा बस्ने बैठकले दुई नम्बर प्रदेशको चुनाव सार्ने सरकारी निर्णयमा आधिकारिक धारणा दिने बताइएको छ । राजपाको माग अनुसार सत्तारुढ दलले आज विहान दुई नम्बर प्रदेशको चुनाव सार्ने निर्णय गरेका थिए ।
बैठकमा आन्दोलनका कार्यक्रम स्थगित गर्नेबारे पनि निर्णय हुने सम्भावना रहेको नेताहरु बताउँछन् ।
संविधान संशोधन र स्थानीय तहको संख्या थप्न माग गर्दै आएको राजपा चुनाव बहिष्कारको घोषणासहित अहिले आन्दोलनमा छ ।











प्रतिक्रिया