काठमाडौं, १ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मनोनय दर्ताको मिति सारिएको छ ।
सत्तारुढ दल र आन्दोलनरत राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेशको चुनाव सार्ने निर्णयलगत्तै असार २ गते तय भएको मनोनयन दर्ता मिति असार ४ गते सरेको हो ।
अब असार १४ गते निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ मा असार ४ गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ । दुई नम्बर प्रदेशमा भने असोज २ मा गर्ने चुनाव गर्ने सहमति भएपनि मनोनयन दर्ता मिति तय गरिएको छैन् ।












प्रतिक्रिया