९ मंसिर २०८३, बुधबार

मन्त्री माग्न महिला नेतृहरूको ‘हुल’ लाजिम्पाटमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महिलाहरूलाई अहिलेको मन्त्रिपरिषदमा ३३ प्रतिशत सहभागिताको माग गरेका छन् ।

लाजिम्पाटस्थित प्रचण्डको बिहीबार बिहान पुगेका महिला नेतृहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा आफूहरूलाई ३३ प्रतिशत भाग दिनुपर्ने माग गरेका हुन् ।

उनीहरूले संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषदमा महिलाहरूलाई भाग दिनुपर्ने माग गरेको दाहालको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

महिला नेतृहरूको माग सुनेपछि दाहालले महिलाहरूको समान सहभागितामा आफ्नो सधैँ साथ रहने आश्वासन दिए उनले भने, ‘अर्थपूर्ण सहभागिता भएको छैन । महिला नेतृहरूलाई अर्थपूर्ण प्रतिनिधित्वबारे सोच्न आग्रह गर्छु ।’

महिला नेतृहरूले स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर हरेक गाउँपालिका र नगरपालिका प्रमुख र वडा अध्यक्षमा पचास प्रतिशत महिला उम्मेदवार उठाउनैपर्ने व्यवस्था गर्न माग गरेका थिए ।

उनीहरूले दलितहरूको बस्ती नभएका स्थानमा अन्य समुदायका महिलाहरू उम्मेदवार हुने व्यवस्था गर्न पनि प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।