भैरहवा, १ असार । असार १४ गते नै निर्वाचन गर्नुपर्ने माग गर्दै संघीय समाजवादी फोरम नेपालले रुपन्देहीमा शक्ति प्रदर्शन गरेको छ ।
सो पार्टीले दोस्रो चरणको निर्वाचन असार १४ मै हुनुपर्ने र मिति सार्न नहुने भन्दै शक्ति प्रदर्शन गरेको हो ।
दोस्रो तहको स्थानीय निर्बाचनमा सशक्त रुपमा अगाडि बढेको संघीय समाजबादी फोरमले रुपन्देहीमा आफ्नो पकड बनाउँदै लगेको छ ।
रुपन्देही जिल्लाको दक्षिण पूर्वी क्षेत्र ओमसतिया गाउँपालिकाको बसन्तपुरबाट सुरु भएको प्रदर्शन साविकको छिपागढमा पुगेर समापन भएको थियो ।
फोरम नेपालका करिब ६ हजारको सख्यामा रहेका कार्यकर्ताहरूले २५ सय मोटरसाईकल, एक सय कार, जिप सडकमा गुडाएको दाबी गरेका छन् ।












प्रतिक्रिया