काठमाडौं, १ असार । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेकपा (एमाले)को स्थायी समितिको बैठक बसिरहेको छ ।
भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी ओलीको निवासमा जारी बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल केन्द्रित रहेको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘समग्र राजनीतिक विषय र स्थानीय तहको निर्वाचन एवम् उम्मेदवारका विषयमा छलफल भइरहेको छ ।’
स्थानीय तहको निर्वाचन सार्ने सत्तापक्षको तयारीको चर्को विरोध गर्दै आएको एमालेले असार १४ गते निर्वाचन गर्नुपर्ने जनाएको छ ।
यसैबीच, एमालेले दुई नं. प्रदेशमा उम्मेदवारहरूको पनि आजै टुंगो लगाउने तयारी गरेको छ ।











प्रतिक्रिया