२१ कार्तिक २०८३, शनिबार

राजपालाई चुनावमा भाग लिन नागरिक अभियानको आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । नागरिक अभियानले राष्ट्रिय जनता पार्टीलाई स्थानीय तहको असार १४ गतेका लागि घोषित स्थानीय तहको दोस्रो चरणको चुनावमा भाग लिन आह्वान गरेको छ ।

अभियानका सह–अध्यक्ष इन्द्रप्रसाद अर्याल र सुबोधराज प्याकुरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो एजेण्डासहित जनअभिमतप्रति भरोसा राख्दै निर्वाचनमा भाग लिने निर्णय गर्न राजपालाई आग्रह गरेको हो ।

अभियानले राजपाका मागहरु मधेस आन्दोलनका घाइतेको उपचार र राहतको प्रबन्ध गर्न, आन्दोलनका क्रममा गिरफ्तार भएकामध्ये कानुनबमोजिम तारेख वा जमानतमा रिहा गर्न सकिने लाई रिहा गर्न र प्राप्त गर्ने सबैको सम्मान र राहतको सरकारी वचन तत्काल पूरा सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

यस्तो छ नागरिक अभियानद्धारा जारी विज्ञप्तिः

स्थानीय तहको असार १४ गतेका लागि घोषित निर्वाचनका सन्दर्भमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको तर्फबाट तपसीलका बुँदामा हामी सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण गराउन चाहान्छौँ ।

१. मधेस आन्दोलनका घाइतेको शीघ्र स्वास्थ्यलाभको सम्पूर्ण प्रबन्ध तुरुन्त गरियोस् । प्रमुख जिल्ला अधिकारी, पत्रकार महासङ्घ र पीडित परिवारको एकजना सदस्य सहितको तीन सदस्यीय टोलीले निर्णय गरेअनुसारको उपचार र राहतको प्रबन्ध होस् । उपचारको क्रममा एकजना कुरुवाकोसमेत सामान्य खर्च भुक्तानी होस् ।

२. आन्दोलनका क्रममा गिरफ्तार भएकामध्ये कानुनबमोजिम तारेख वा जमानतमा रिहा गर्न सकिने सबैलाई तत्काल रिहा गरियोस् । अन्यका हकमा न्यायिक प्रकृया भरपर्दो र द्रुत तरिकाले सम्पन्न गर्ने प्रकृयाको अबिलम्ब थालनी होस् ।

३. आन्दोलनमा शहादत प्राप्त गर्ने सबैको सम्मान र राहतको सरकारी वचन तत्काल पूरा गरियोस् ।

४. उम्मेदवारीको मनोनयनपत्र विद्युतीय माध्यम ( फ्याक्स, इन्टरनेट) द्वारा गर्न सकिन्छ। स्मरण रहोस् यसअघिका निर्वाचनमा यस्तो प्रबन्ध गरिएको थियो । र, नेपालमा विद्युतीय कागजपत्रको कानुनी मान्यता छ ।

५. उल्लेखित विषयप्रति अनुकूल दृष्टिकोणका साथ राजपाले आफ्नो एजेण्डासहित जनअभिमतप्रति भरोसा राख्दै निर्वाचनमा भाग लिने निर्णय गरोस् ।