धनगढी, ३१ जेठ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले राजपाका नेताहरु निहु मात्र खोजीरहेकाले निर्वाचनमा उनीहरुका लागि पर्खेर बसे जनताले दुःख पाउने बताएका छन् ।
नेकपा एमाले धनगढी उपमहानगरपालिका संगठन कमिटिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विहीबार धनगढीमा बोल्दै चुनाव रोकेर, जनताका हक अधिकार कुण्ठित पार्ने, स्वभिमान धरापमा पार्ने कार्य एमालेले नसहने बताए । ‘छिमेकी दुतावासमा गएर चुनाव लडौ कि नलडौ, चुनाव लडे कसो होला भनेर सोध्ने राजपालाई सत्तासिन कागे्रस माओवादी केन्द्र धाप लगाउदैछन भने देश कता जादैछ ?’ रावलले भने, ‘आफू हरेक पटक सरकार छान्दा मतदान गर्ने, भत्ता खाने तर भारतीयको लठ्ठी खाने, सीमानामा गोली खाने, हरेक वर्ष डुवानमा पर्ने तराई मधेशका जनतालाई आफ्ना नेता छान्ने चुनावमा मतदान गर्न नदिने ?’
रावलले पहिलो पटक आफ्नै पार्टी सरकारमा हुँदा संविधान संशोधन भैसकेपछि त्यो त हाम्रो माग थिएन भनेर निह झिकेको र पछिल्लो सरकारले दोस्रो पटक संशोधन प्रस्ताव संसदमा टेबल गर्न दिनोस कुरा मिल्छ भनेर एमालेले पनि मान्दा फेरि स्थानीय तहको संस्या थप्न माग गरेको बताए । कागे्रस र माओवादी पनि निर्वाचन घोषणा भई ऐन आइसकेपछि अझै राजपाकै स्वरमा स्वर मिलाइ रहेको बताउदै रावलले झुक्किएर पनि कागे्रस माओवादीले जिते देश र जनताले दुःख पाउने दावी गरे ।
सत्ता गठवन्धनका दलप्रति आक्रामक
नेता रावलले नेपाली कागे्रसले २०१५ सालमा, २०४८ सालमा दुई तिहाई जनमत पायो आफैले संसद विघटन गरे । २०४८ सालमा उदारीकरणका नाममा भएका छाला जुत्ता, जुट, कागज उद्योग बेच्ने कागे्रसले अब उद्योग खोल्छु रोजगारी दिन्छु, राष्ट्रिय स्वाभिमान उठाउछु भन्यो भने कसरी पत्याउने ?भन्दै प्रश्न गरे । उनले माओवादी केन्द्र नेपाली कागे्रसमा बिलय भए जस्तो लागेको बताए । ‘कागे्रस भन्दा भिन्न माओवादी केन्द्रको अस्तित्व देखिदैन ’ उनले भने, ‘बुटवलमा पनि माओवादी कागे्रसमा मिलेको सुनिदैछ त्यहाँका जनताले पनि पोखरामा जस्तै स्वस्तिक छापले दुई पार्टीलाई छुट्टयाइ दिनेछन् ।’ उनले सत्ता गठबन्धनको सत्ताको दुरुपयोग, जालझेल, तालमेलका बाबजूद पनि पहिलो चरणको निर्वाचनमा नेकपा एमाले अग्रस्थानमा आइसकेको छ । दोस्रो चरणमा जनताको मतको सम्मान गर्ने दल भएका कारण एमालेलाई अझै मत आउने आशा व्यक्त गरे ।
टीकापुर घटनामा एमाले प्रष्ट
टीकापुर घटनापछि एमालेलाई दोष देखाउने ठाउ नरहेको र घटना गराउने हालका राजपाका नेताहरु, कागे्रस नेता अमरेशकुमार सिंहलाई जनताले चिन्नु पर्ने बताए । ‘टीकापुर घटनामा घर जले, मन जले, १९ महिनाका बालक मारिए, सुरक्षाकर्मी मारिए । सम्पत्ति जलेकाले क्षतिपूर्ति पाउनुपर्छ, हत्या भएका परिवारका सदस्यले सहयोग पाउनुपर्छ, निर्दोषहरु छुटनुपर्छ, दोषिलाई कारवाही होस भनेका छौं’ उनले भने, ‘टीकापुर घटनामा पक्राउ परेकालाई छोडेने प्रयास एमालेले पििन थालेको हो तर सििकएन । अरुले पनि निर्णय गरे भन्ने सुनेको छु उनीहरुले पनि त सकेनन् नि ।’
एमालेको जातिवादीहरुले विरोध गरिरहेको भन्दै नेता रावलले एमाले दलित, जनजाति, मधेशी मुस्लिम, राई, लिम्बु बाहुन क्षेत्री सबै मिलेर देश बनाऔं भन्ने पार्टी भएकाले देशको रक्षा, न्याय, समानताका लागि लडने जनता नेता एमालमा उहिल्यै देखि भएको र माओवादीले चक्र चौधरी, शित्तलदास चौधरीलाई कैलालीमै हत्या गरेको बताए ।
एमाले गुटवन्दी भएको सन्दर्भमा एमालेमा एक से एक नेता भएकाले सिमित अवसर बाडने बेला छुटेका योग्य व्यक्तिले पाएनन भन्ने गुनासो हुने गरेको तर पार्टीभित्र स्थायी गुटवन्दी नभएको बताए । राजनीति र विकासका अवसर खोजे देश समृद्ध बन्ने, अवसर नपाएकालाई पनि अवसर बढाउनु पर्ने र एमालेमा नयाँ प्रवेशी युवाहरुलाई राजनीतिक अबसर आम नागरिकलाई समृद्धिको अवसर सृजना गर्नु पर्ने बताए ।
नेकपा (एमाले) का जिल्ला अध्यक्ष दीर्घ सोडारीले कागे्रस माओवादीहरु एमाले जस्तो राष्ट्रवादी शक्तिलाई कमजोर बनाउन, एमालेरहित नेपालको सपना देखिरहेका भएपनि त्यो पूरा नहुने बताए । ‘उनीहरु मिलाप राम्रो छ बरु रामचन्द्र पौडेल फरक देखिन्छन प्रचण्ड देउवा एकमत देखिन्छन् ’ उनले भने, ‘एमालेका उम्मेदवारहरु शैक्षिक योग्यता, सांगठनिक प्रतिवद्धता र कामको तत्परताका सवालमा अरु दलका उम्मेदवारसंग तुलना हुनै सक्तैन । दिल खोलेर जनतामा जाऔं जनता हाम्रो पक्षमा छन् ।’
एमालेमा प्रवेश गरेका माओवादीका केन्द्रीय सदस्य ऋषिराज विनाडी ले सुरुङ्ग युद्ध, स्वभिमानका कुरा गरे पनि बैचारिक छलफल गर्दा अल्पमतमा पार्ने, लिखित दिए कुनामा फाल्ने प्रवृति बढको र पार्टीमा बर्ग संघर्ष लत्याएर नयाँ सामन्त जन्मिएका र उत्पिडित वर्ग किनारमै रहेका बताए । उनले आफू स्वार्थ, पद, प्रतिष्ठा नामका लागि नआएको र नेकपा एमालेलाई राष्ट्रवादी पार्टी ठानेर नेपाली जनताको मन मुटुमा बसेको पार्टीलाई सहयोग गरु भनेर आएको बताए ।
कैलाली उद्योग वाणिज्य संघ पूर्व बरिष्ठ उपाध्यक्ष राजेश भण्डारीले आफू पवित्र उद्देश्यले राप्रपामा लागेको र राष्ट्रवादी यात्राको रेलको डण्डि भारततिर धरमराएको देखेर राष्ट्रिय एकता र निर्माणमा दृढ संकल्पित, हरेक कदम राष्ट्रहितका पक्षमा देखेर एमालेलाई साथ दिन आएको बताए । उनले यसअघि राप्रपामा रहेका ७० प्रतिशत व्यक्ति एमालेमा समाहित हुने बताए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य, सम्मेलन आयोजक समिति सदस्य ऋषि विनाडी, धनगढी वडा नम्बर ३ का पूर्व वडा सदस्य पे्रमराज भट्ट, राप्रपा युवा मोर्चा अध्यक्ष विनोद बोहरा, नेता सन्तोष ठकुल्ला, नयाँ शक्ति पार्टीका रुप बहादुर खाती लगायत एक सय ६२ जना जति एमाले प्रवेश गरेका छन् ।











प्रतिक्रिया