२१ कार्तिक २०८३, शनिबार

विश्व रक्तदाता दिवसः ओम अस्पतालमा रक्तदान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । विश्व रक्तदाता दिवसको उपलक्ष्यमा राजधानीको चावहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरमा बुधवार रक्तदान कार्यक्रम आयोजना गरियो ।

अस्पताल प्रांगणमा आयोजित कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्की, अस्पताल निर्देशक डाक्टर जागेश्वर गौतम, अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा कर्मचारी, ओम हेल्थ क्याम्पसका छात्रा र सर्वसाधारण गरी ८० जनाले रक्तदान गरेका थिए ।

८० जना मध्ये रक्तदान गर्ने पुरुषको संख्या ४२ र महिलाको संख्या ३८ रहेको थियो । कार्यत्र mममा अस्पताल संचालक समितिका सदस्यहरुको पनि उत्साहजनक सहभागिता रहेको थियो ।

मुलुकभर रगतको अभाव भइरहेको वर्तमान अवस्थामा सबै स्वस्थ्य व्यक्तिले नियमित अन्तरालमा रक्तदान  गर्नु जीवनदान सरह हुने चिकित्सकहरु बताउँछन् ।

दैनिक जीवनमा स्वच्छ रगतको आवश्यक्ता बारे जनचेतना जगाउन तथा रक्तदातालाई धन्यवाद दिन प्रत्येक वर्षको जुन १४ मा विश्व रक्तदाता दिवस मनाइन्छ ।