– नरेश केसी
भैरहवा, ३१ जेठ । रुपन्देही सदरमुकाम सिद्धार्थनगर भैरहवामा कांग्रेस बलियो शक्तिको रुपमा देखिदै आएतापनि गणीतिय हिसाबले त्यो सिद्ध हुन सकेको छैन । पार्टीभित्रकै आन्तरिक द्वन्द्वका कारण ०५४ सालको स्थानिय निर्वाचन, ०६४, ०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसकै मतादाताले उमेदवारलाई हराएको विश्लेषकको निश्कर्ष छ । अहिले सिद्धार्थनगरको मेयरको टिकट प्राप्तीमा बडो रस्काकस्सीका साथ क्षेत्रीय सभापति मातृका यादवले मेयर पदको टिकट पाएपछि अन्य आकांक्षीहरुले हराउने खेल खेल्छनकी भनेर धेरैले आशंका गरिरहेका छन् ।
यसैबीच मतादाताको आशंकालाई चिर्दै कांग्रेस नेताहरु एक भएर चुनाबी मोर्चामा लाग्ने प्रतिबद्धता जाहेर गरेका छन् । गएको सविधान सभा निर्वाचनमा समानुपातीक तर्फ सवै भन्दा धेरै मत ल्याएको काँग्रेस प्रत्यक्ष तर्फ पराजीत भएको थियो । पछिल्लो निर्वाचनबाट पाठ सिक्दै कांग्रेस सिद्धार्थनगरले स्थानिय तह निर्वाच जित्नेगरी एकता कायम गरेको दाबी गरेको छ ।
स्थानीय तह निर्वाचनकालागी मेयर तथा उपमेयरको पदमा दावी गरीरहेका काँग्रेसका सवै आकाँक्षींहरु आफुहरुले टिक नपाएपनि मेयर पदका उम्मेदवार मातृका प्रसाद यादव र उपमेयरकी उम्मेदवार माधवी सर्मा वाग्ले तथा बडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहलाई विजयी बनाउन लागेका छन् । मेयर पदकोलागी आकाक्षा राखेका जिल्ला कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, जिल्ला सदस्य ओमकुमार श्रेष्ठ, जिल्ला सदस्य सुरेन्द्र जगं थापा, महासमीती सदस्य गोपाल मानराज भण्डारी तथा सिद्धार्थ उद्योग बाणीज्य सघंका पुर्व अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ आ आफ्नो क्षेत्रबाट प्रचार प्रसारमा लागेका छन् ।
कांग्रेसका केन्द्रिय पुर्व कोषाध्यक्ष एवं पुर्वमन्त्री रामकृष्ण ताम्रकारको गृह नगर सिद्धार्थनगरमा कांग्रेसको एकता कतिसम्म बलियो बनाउने भन्ने आधार उनको भुमिकाबाट प्रस्टीने गर्दछ ।















प्रतिक्रिया