९ मंसिर २०८३, बुधबार

मधेसी नेतालाई प्रश्नः आफू सरकार छान्दा मतदान गर्ने, मधेशका जनतालाई मतदान गर्न नदिने ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ३१ जेठ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले चुनाव रोक्ने कार्य आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

‘चुनाव रोकेर जनताका हक अधिकार कुण्ठित पार्ने र स्वभिमान धरापमा पार्ने काम एमाले सहदैन्,’ बुधबार धनगढीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रावलले भने ।

भारतीय दूतावासमा गएर चुनाव लडौ कि नलडौ, चुनाव लडे कसो होला भनेर सोध्ने राजपालाई सत्तासिन कांगे्रस र माओवादी केन्द्र धाप लगाइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले प्रश्न गरे– ‘आफू हरेक पटक सरकार छान्दा मतदान गर्ने, भत्ता खाने तर भारतीयको लठ्ठी खाने, सीमानामा गोली खाने, हरेक वर्ष डुवानमा पर्ने तराई मधेशका जनतालाई आफ्ना नेता छान्ने चुनावमा मतदान गर्न नदिने ?’

यस्तो थियो कार्यक्रममा भीम रावलको मन्तव्य

सत्ता गठबन्धनको सत्ताको दुरुपयोग, जालझेल, तालमेलका काबजूद पनि पहिलो चरणको निर्वाचनमा एकपा एमाले अग्रस्थानमा आइसकेको छ । दोस्रो चरणमा जनताको मतको सम्मान गर्ने दल भएका कारण एमालेलाई अझै मत आउछ ।

नेपाली कांग्रेससले २०१५ सालमा, २०४८ सालमा दुई तिहाई जनमत पायो आफैले संसद विघटन गरे । २०४८ सालमा उदारीकरणका नाममा भएका छाला जुत्ता, जुट, कागज उद्योग बेच्ने कागे्रसले अब उद्योग खोल्छु रोजगारी दिन्छु, राष्ट्रिय स्वाभिमान उठाउछु भन्यो भने कसरी पत्याउने ?
माओवादी केन्द्र नेपाली कांग्रेससमा बिलय भए जस्तो लाग्दैछ । कांगे्रस भन्दा भिन्न माओवादी केन्द्रको अस्तित्व देखिदैन । बुटवलमा पनि माओवादी कांगे्रसमा मिलेको सुनिदैछ त्यहाँका जनताले पनि पोखरामा जस्तै स्वस्तिक छापले दुई पार्टीलाई छुट्टयाइ दिनेछन् ।

भारतीय दूतावासमा गएर चुनाव लडौ कि नलडौ, चुनाव लडे कसो होला भनेर सोध्ने राजपालाई सत्तासिन कागे्रस माओवादी केन्द्र धाप लगाउदैछन भने देश कता जादैछ ? चुनाव रोकेर, जनताका हक अधिकार कुण्ठित पार्ने, स्वभिमान धरापमा पार्ने काम एमाले सहदैन । आफू हरेक पटक सरकार छान्दा मतदान गर्ने, भत्ता खाने तर भारतीयको लठ्ठी खाने, सीमानामा गोली खाने, हरेक वर्ष डुवानमा पर्ने तराई मधेशका जनतालाई आफ्ना नेता छान्ने चुनावमा मतदान गर्न नदिने ?

‘कांग्रेस माओवादीले जिते देश र जनताले दुःख पाउनेछन्’

जनता झुक्किएर पनि कांगे्रस माओवादीले जिते देश र जनताले दुःख पाउने छ । पहिलो पटक संविधान संशोधन गर्यौ । दोस्रो पटक संशोधन प्रस्ताव संसदमा टेबल गर्न दिनोस भने हामीले मान्यौ फेरि उनीहरुले स्थानीय तहको संख्या थप्न माग गरे । निर्वाचन घोषणा भई ऐन आइसक्यो । अझै राजपाकै स्वरमा स्वर मिलाउंदै छन् ।

‘टीकापुर घटनाका दोषीलाई कारवाही हुनुपर्छ, निर्दोष छुट्नुपर्छ’

टीकापुरमा जसका घर जले जसका मन जले, १९ महिनाका बालक मारिए सुरक्षाकर्मी मारिए । सम्पत्ति जलेकाले क्षतिपूर्ति पाउनुपर्छ, हत्या भएका परिवारका सदस्यले सहयोग पाउनुपर्छ, निर्दोषहरु छुटनुपर्छ, दोषिलाई कारवाही होस । टीकापुर घटनामा पक्राउ परेकालाई छोडेने प्रयास एमालेले पनि थालेको हो तर सकिएन । अरुले पनि निर्णय गरे भन्ने सुनेको छु उनीहरुले पनि त सकेनन् नि ।

‘एमाले देश बनाउने पार्टी हो’

एमाले देश बनाउने पार्टी हो । दलित, जनजाति, मधेशी मुस्लिम, राई, लिम्बु बाहुन क्षेत्री सबै मिलेर देश बनाऔं भन्ने पार्टी हो । देशको रक्षा, न्याय, समानताका लागि लडने पार्टी हो । यहा एक से एक नेता पनि छन । खाशगरी सिमित अवसर बाडने बेला छुटेका योग्य व्यक्तिले पाएनन भन्ने गुनासो हुने गरेको तर पार्टीभित्र स्थायी गुटवन्दी छैन । भएपनि यसको कुनै अर्थ छैन । अवसर नपाएकालाई पनि अवसर बढाउनुपर्ने र एमालेमा नयाँ प्रवेशी युवाहरुलाई राजनीतिक अबसर आम नागरिकलाई समृद्धिको अवसर सृजना गर्नुछ । राजनीति र विकासका अवसर खोजे देश समृद्ध बनाउनु छ ।

जनता हाम्रो पक्षमा छन्ः दीर्घ सोडारी जिल्ला अध्यक्ष नेकपा (एमाले)

काग्रेस माओवादीहरु एमाले जस्तो राष्ट्रवादी शक्तिलाई कमजोर बनाउन एमालेरहित नेपालको सपना देखिरहेका छन् । मेलमिलाप राम्रो छ, बरु रामचन्द्र पौडेल फरक देखिन्छन, प्रचण्ड देउवा एकमत देखिन्छन् । एमालेका उम्मेदवारहरु शैक्षिक योग्यता, सांगठनिक प्रतिवद्धता र कामको तत्परताका सवालमा अरु दलका उम्मेदवारसंग तुलना हुनै सक्तैन । दिल खोलेर जनतामा जाऔं जनता हाम्रो पक्षमा छन् ।