१ कार्तिक २०८३, आइतबार

जनताको पार्टीलाई सहयोग गर्न एमालेमा आएको हुँ, पद–प्रतिष्ठा चाँहिदैन्ः माओवादी नेता विनाडी

16.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ३१ जेठ । नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवं सम्मेलन आयोजक समिति सदस्य ऋषि विनाडी एमालेमा प्रवेश गरेका छन् ।

बुधबार एमाले धनगढी उपमहानगरपालिका संगठन कमिटीद्धारा धनगढीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विनाडीसहित थुप्रै नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमाले केन्द्रीय उपाध्यक्ष भीम रावल, जिल्ला अध्यक्ष दीर्घ सोडारी लगायतले खाँदा र टिका लगाएर पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेश गर्दै माओवादी नेता विनाडीले जनताको पार्टीलाई सहयोग गर्न एमालेमा आएको स्पष्ट पार्दै आफूलाई पद–प्रतिष्ठा त्यति महत्वपूर्ण नभएको बताए ।

उनले भने– ‘जीवनको लामो समय जनयुद्ध र माओवादीमा लागे । सुरुङ्ग युद्ध, स्वाभिमानका कुरा ग्रयौं । कम्यूनिष्ट बनाउने प्रयास गर्दा अल्पमतमा पार्ने, लिखित दिए कुनामा फाल्न थाले । बर्ग संघर्षका कुरा लत्याएरपार्टीभित्र नया सामन्त जन्मिए । उत्पिडित वर्ग किनारमै रहे । म कम्यूनिष्ट आन्दोलनलाई अगाडि बढाउन नेकपा एमालेलाई राष्ट्रवादी पार्टी ठानेर नेपाली जनताको मन मुटुमा बसेको पार्टीलाई सहयोग गरु भनेर आएको हु म मेरो स्वार्थ, पद, प्रतिष्ठा नामका लागि आएको छैन ।’

यस्तै, पार्टी प्रवेश गरेका कैलाली उद्योग वाणिज्य संघका पूर्व बरिष्ठ उपाध्यक्ष राजेश भण्डारीले राष्ट्रिय एकता र निर्माणमा दृढ संकल्पित, हरेक कदम राष्ट्रहितका पक्षमा देखेर एमालेलाई साथ दिन आएको बताए । ‘राप्रपा नेपालमा प्रवेश मेरो राजनीतिक शुरुवात हो । पबित्र उद्देश्यले लागे । राष्ट्रवादी यात्राको रेलको डण्डी भारततिर धरमराएको देखेर राष्ट्रिय एकता र निर्माणमा दृढ संकल्पित, हरेक कदम राष्ट्रहितका पक्षमा देखेर एमालेलाई साथ दिन आएको हुँ,’ उनले भने– ‘यसअघि राप्रपामा रहेका ७० प्रतिशत व्यक्ति एमालेमा समाहित हुनेछन् ।’

कार्यक्रममा विनाडी र भण्डारीसहित धनगढी वडा नम्बर ३ का पूर्व वडा सदस्य पे्रमराज भट्ट, राप्रपा युवा मोर्चा अध्यक्ष विनोद बोहरा, नेता सन्तोष ठकुल्ला र नयाँ शक्ति पार्टीका रुप बहादुर खाती लगायत एक सय ६२ जना एमाले प्रवेश गरेका थिए ।