बाँके, ३१ जेठ । संविधान संशोधनबिना सरकारले जर्बजस्ती स्थानीय तहको निर्वाचन गर्न लागेको बन्दको दोश्रो दिन बुधबार पनि राजपाका कार्यकर्ताहरु बिहानै देखि प्रदर्शनमा उत्रिएका छन् ।
बाँके पुष्पलाल चौक, विपि चौक, त्रिभुवन चौक, विरेन्द्र चौक, सदरलाई लगायतका स्थानमा बुधबार बिहानैदेखि राजपाका कार्यकर्ताहरुले सडकमा प्रदर्शन गरिरहेका छन् । संविधान संशोधन, स्थनीय तहको संख्या थप, मुद्धा फिर्ता लगायत आफुसंग भएका सहमति कार्यान्वयन नगरि सरकारले चुनाव गर्न खोजेको भन्दै राष्ट्रिय जनता पार्टीले मङगलवारदेखि असार २ गते सम्मका लागि मधेस, थरुहट र लिम्बुवान क्षेत्रमा बन्दको आह्वान गरेको छ ।
आन्दोलनकारीहरुको प्रदर्शनका कारण नेपालगन्जमा रहेका पसलहरु बुधबार दोश्रो दिन पनि बन्द छन् । यस्तै बाँके सामुदायिक तथा निजी विद्यालय र कलेजहरु बुधबार पनि खुलेका छैनन् ।
राष्ट्रिय जनता पार्टीका केन्द्रिय उपाअध्यक्ष विजय कुमार गुप्ताले भने हार्मीहरु निवार्चन विरोधी नभएको आफना मागहरु सरकारले पुरा गरेको अवस्थामा आफुहरु पनि निवार्चनमा भाग लिने बताउनुभयो । नेपालगन्जमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले लामो दुरीका भाडाका सवारी साधन चल्न दिएका छैनन् तर मोटरसाइकल, इरिक्सा, रिक्सा र टयाम्पुहरु लाई पनि रोक लगाएका छन् ।













प्रतिक्रिया