२९ आश्विन २०८३, बिहिबार

लन्डनको २४ तले भवनमा भिषण आगलागी (भिडियोसहित)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, ३१ जेठ । लण्डनको २४ तले भवनमा आगलागी भएको छ । पश्चिम लण्डनको लाटिमर रोडस्थित टावर ब्लकमा आगो लागेको बीबीसीले जनाएको छ ।

भवनका सबै तलामा आगो फैलिएको दृष्य टेलिभिजन च्यानलहरूले प्रसारण गरेका छन् । भवन जलेर ढल्ने खतरा बढेको छ ।

लण्डन फायर ब्रिगेडका अनुसार आगो निभाउन २ सय दमकल प्रयोग गरिएको छ ।

मानवीय क्षतिको विवरण आएको छैन । तर, स्थानीय प्रहरीका अनुसार मानिसहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार सुरुमा भवनको सबैभन्दा माथिल्लो तलामा चम्किलो प्रकाश देखिएको थियो । सुरुमा यसलाई टर्च लाइटको उज्यालो ठानिएको थियो तर हेर्दाहेर्दै भवनमा आगो फैलियो ।