वाशिंगटन डिसी । नेपाली मूलका अधिवक्ता निरन्जन अधिकारीलाई वाशिंगटन डिसीका नगर प्रमुखले एसियन तथा प्रशान्त महासागर द्विपवासी समुदाय विकास आयोग सदस्यमा मनोनयन गरेकी छिन् ।
डीसी महानगरकि नगर प्रमुख म्युरिएल बाउजरले उनलाई गत मे ५ तारिखका दिन मनोनयन गरेकी हुन् । महानगर प्रमुख बाउजरले डिसीका परिषद सभापति फिल मेनडेलसनलाई पत्राचार गर्दै उक्त जानकारी गराएकी छिन् ।
मनोनीत आयोग सदस्य अधिकारी ३ वर्षको लागि नियुक्त भएका छन् । उनले अप्रिल १७ ,२०२० सम्म काम गर्ने छन् ।
कानून व्यवसायी अधिकारीले डिसीमा आफ्नो कानून परामर्श तथा कानून व्यवसाय संचालन गर्दै आएका छन् ।
डिसी महानगर क्षेत्रमा एउटा जिम्मेबार पदमा नेपाली मुलका व्यक्तिलाई मनोनीत गरेकोमा डिसी क्षेत्रका नेपाली समुदाय निकै हर्षित भएका छन् ।
















प्रतिक्रिया