काठमाडौं, ३१ जेठ । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले मुलुकको पछिल्लो राजनीतिक अवस्था र दुई नं. प्रदेशका उम्मेदवारहरूका विषयमा छलफल गर्न स्थायी समितिको बैठक बोलाएको छ ।
धाम्रबाराहीस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
सत्तारुढ दलहरूले निर्वाचन सार्न प्रस्ताव गरेपछि रिसाएको एमालेले सो विषयमा कस्तो धारणा बनाउने भन्नेबारेमा पनि रणनीति बनाउनेछ ।
एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएको समयमा हुनुपर्ने अडान राख्दै आएको छ ।
बैठकमा दुई नं. प्रदेश विशेष गरेर जनकपुर उपमहानगरपालिका र वीरगञ्ज महानगरपालिकामा क–कसलाई मेयर र उपमेयरको टिकट दिने भन्नेबारेमा पनि छलफल हुनेछ ।











प्रतिक्रिया