९ मंसिर २०८३, बुधबार

छोराछोरी लिएर पूजापाठतिर लागिन् हिमानी शाह

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । पूर्वयुवराज्ञी हिमानी शाहले छोरा हृदयेन्द्र, पूर्णिका र कीर्तिकालाई साथमा लिएर विभिन्न मठमन्दिरहरूको दर्शनका लागि हिँडेकी छिन् ।

हिमानीले छोराछोरीहरूलाई आफ्नो कूल वंशीय परम्परागत मूल मान्यतालाई निरन्तरता दिन यस्तो गरेकी हुन् ।

हिमानीले शाह वंशीय कुलदेवीका रुपमा स्याङ्जा जिल्लामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिरमा पुगेर मंगलबार छोरा हृदयन्द्रसहित विशेष पूजा गरेकी छिन् । पूजा कार्यक्रममा दुई छोरीहरू पनि सहभागी थिए ।

विशेष पूजा कार्यक्रममा पूर्णिका र कृतिका शाह पनि साथमा रहेको स्थानीयले बताएका छन् ।

पूजापाठपछि पूर्वयुवराज्ञी हिमानी स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित प्रगतिनगरमा अवस्थित ठकुरी समाजको नवनिर्मित भवनको पनि उद्घाटन गरिन् । पूर्वयुवराज्ञीको स्वागतमा उल्लेख्य स्थानीयको सहभागिता रहेको थियो ।