१ कार्तिक २०८३, आइतबार

एनआरएनएका लागि आवेदन फारम कसरी भर्ने ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– दिलकुमार श्रेष्ठ

दोहा । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले अपनाएको बिधिअनुसार यसपाली एनसीसी कतारले पनि अनलाइन सिस्टम आबेदन खुल्ला गरेको छ ।

एनआरएनए एनसीसी कतारको फारम भर्ने दिन प्रतिदिन म्याद गुज्रिदै गएको छ ।

नवीकरण तथा नयाँ सदस्यता बन्न चाहनेकोहरुको १४ जुलाई २०१७ सम्म आवेदनको लागि मिति तोकिएको छ । यो समय भित्र सदस्यता लिन चाहने कतारका प्रवासी नेपालीहरुमा भने केही अन्योलता छाएको देखिन्छ ।

यसको प्रतिक्रिया सामाजिक संजालका भित्ता र ग्रुप म्यासेजमा अहिले बारम्बार देखिने गरेका छन् ।

एनसीसीले दिएको अनलाइन प्रक्रियाबाट आवेदन फारम दिनको लागि कुनै प्रशिक्षण नदिइएको र यो तरिका बिल्कुलै पहिलो पटक कतारमा प्रयोग भएको हुँदा नौलो र अलि अफ्ठ्यारो महशुस भएकै हो ।

यसै कुरालाई मध्यनजर गर्दै नवीकरण र नयाँ सदस्यका लागि यो नमूना आवेदन फारम प्रस्तुत गरिएको छ ।