१५ कार्तिक २०८३, आइतबार

विमलेन्द्रको भित्री खेलको रहस्य खुल्यो, चुनाव सार्न ठूलो भूमिका खेलेको खुलासा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । दोस्रो चरण निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवार दर्ता गर्न दुई दिन बाँकी हुँदा सरकारको नेतृत्व गरिरहेको कांग्रेसको कार्यसम्पादन समिति बैठकमा प्रदेश २ र ५ को निर्वाचन सार्नुपर्ने आवाज उठेको छ ।

कार्यसम्पादन समितिको मंगलबारको बैठकमा प्रदेश नं. २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले तराई–मधेसमा तनाव बढेको भन्दै निर्वाचनको मिति सारेर समाधान खोज्नुपर्ने आवाज उठाएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

अन्य केही सदस्यले भने घोषित मितिमै निर्वाचन गर्नुपर्ने अडान व्यक्त गरेका छन् ।

बैठकमा विमलेन्द्र निधि र रमेश रिजालले राजपा नेपाललाई निर्वाचनमा ल्याउने वातावरण निर्माण गर्न केही दिन निर्वाचन सार्नुपर्ने धारणा राखेका थिए ।

स्थानीय निर्वाचनका लागि उम्मेदवार चयन गर्न दुई सातादेखि हरेक दिन बसिरहेको बैठकमा अन्य दिन उम्मेदवारका विषयमा छलफल भए पनिन मंगलबार मधेसमा बढेको तनावको विषयमा नेताहरूले धारणा राखेको एक नेताले बताए ।

राजपा नेपालले माने प्रदेश नं. २ मात्रै, नमाने ५ नं. प्रदेशको पनि निर्वाचन सारेर समाधान खोज्न उनीहरूले पार्टी नेतृत्वलाई दबाब दिएका छन् ।

डा. प्रकाशशरण महत र बालकृष्ण खाणको असहमति निर्वाचन सार्नुपर्ने प्रस्तावमा केन्द्रीय सदस्यद्वय बालकृष्ण खाण र डा. प्रकाशशरण महतले भने असहमति जनाएका छन् ।

उनीहरूले पार्टीको प्रतिष्ठाका लागि भए पनि घोषित मितिमै निर्वाचन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।