– अमरराज पुन
रुकुम, ३० जेठ । रुकुम जिल्लामा गएको माघ महिना यता १८ वटा मानव अधिकार उलंघनका घटनाहरु घटेका छन् । इन्सेक रुकुमले ६ महिनाको अवधिमा मानव अधिकार सम्बन्धि उलंघनका १८ वटा घटनाहरु संकलन गरेर मंगलबार सार्वजनिक गरेको छ ।
नेपाल मानव अधिकार बर्ष पुस्तक २०१८ का लागी संकलित घटनाहरुको अर्धबार्षिक पूर्व समिक्षा कार्यक्रमको आयोजना गरेर इन्सेकले उक्त घटनाहरुको सार्बजनिक गरेको हो । सार्वजनिक घटनाहरुमध्ये सबैभन्दा बढि बाल अधिकार अन्तर्गत बलात्कार र बाल बिवाहका ७ वटा घटनाहरु रहेका छन् । बलात्कारको घटनामा ३ वर्षिया बालिका देखी १३ वर्षिया उमेर समुहका ३ जना बालिकाहरु रहेका छन् ।
त्यस्तै ३ वटा बालबिवाहका घटनाहरु भएको र एक वटा भने कुटपिटको घटना रहेको छ । इन्सेकले ६ महिनाअघि सार्वजनिक गरेको मानवअधिकार उलंघनका घटनाहरुको तुलनामा यसपटक बाल अधिकार सम्बन्धि घटनाहरु झन् बढेर गएको संकलित घटनामा उल्लेख छ । अन्य घटनाहरुमा महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव तथा दुब्र्यवहार अन्र्तगत बोक्सीको आरोपमा एक, बहुबिवाहमा २, यौन दुब्र्यवहारमा एक वटा घटनाहरु रहेकोे छ ।
यस्तै पहिलो चरणको सम्पन्न स्थानीय तहको चुनावमा विभिन्न राजनैतिक दलका कार्यकर्ताहरु बिच ६ वटा घटनाहरु भएको र अर्को एक उलंघनको घटना राज्य पक्षबाट नै भएको इन्सेक रुकुमले बताएको छ ।













प्रतिक्रिया