– सन्तोष यादब
सिरहा, ३० जेठ । चुनाव विथोल्ने अभिप्रायले राजपाले गरेको बन्दका कारण वजार तथा यातायात आवागमन प्रभावित भएको छ । सिरहाको लहान, गोलवजार, धनगढीमाई, मिर्चैया र सिरहा वजार बन्द छ । राजपाका कार्यकर्ताहरुले एकाविहानै सडकमा टायर बालेर प्रदर्शन गरेपछि यातायात पनि बन्द भएको छ ।
मोटरसाइकल बाहेकका कुनै पनि सवारी साधान चल्न सकेका छैन् । सवारी साधन विच वाटैमा रोकिएको कारण जनजीवन कष्टकर भएको छ । सिरहा–सप्तरीको सिमामा पर्ने कदमाहा चौक तथा सिरहा र धनुषाको सिमामा पर्ने बन्दीपुर वजार नजिक सैकडौ सवारी साधन रोकिएको छ । जसको कारण हजारौ यात्रु अलपत्र परेका छन् ।
प्रहरीले स्कर्टिङ्ग गरेर गन्तव्यसम्म नपुर्याई विच वाटोमा ल्याएर छोडेको कारण यात्रुहरु सुरक्षा निकाय प्रति आक्रोसित बनेका छन् । यात्रुहरुले गन्तव्यसम्म पुर्याउन गरेको अनुरोधलाई सुरक्षा निकायले अस्विकार गरेपछि केहीवेर भनाभन पनि भएकोे थियो ।
तराईको टन्टलापुर घाम र भतभत्ति पोल्ने गर्मीमा विच वाटोमा अलपत्र परेका यात्रुहरुको विजोग भएको छ । यात्रुहरुलाई घाम र गर्मीवाट बच्न रुखको सियाँल खोज्नु पर्ने अवस्था छ । कतिपय यात्रुहरु गाडी मुन्तिर छिरेर सितलको ओत लागेका छन् ।
कदमाहा बजार र बन्दिपुर बजार सानो रहेकोले यहाँ खाना खाने होटल छैन् । भोकले छटपटाइ रहेका यात्रुहरु चटपटी खाएर भोक मार्दैछन् । प्रचण्ड गर्मीले केहि यात्रु चिसो बरफ खाइरहेको दृष्य पनि देखियो । सानो बच्चासँगै यात्रामा निस्केका यात्रुहरु झन समसयामा परेका छन् । गर्मीबाट बच्चालाई जोगाउन समस्या छ भने खाना नपाएर झन अवस्था बिजोग बनेको छ । काखे नानी च्यापेर महिलाहरु पैदल यात्रा गर्न बाध्य भएका छन् ।
यातायात बन्दका कारण सिटी रिक्शाहरुले चर्को भाडा लिएर यात्रुहरुलाई गन्तव्यसम्म पुर्याई रहेका छन् । भाडा बढी लिएर यात्रु ओसार्ने काम भइरहेपनि प्रहरी मुकदर्शक मात्र बनेको छ ।


















प्रतिक्रिया