गाईघाट, ३० जेठ । नगर र गाउँ तहका केन्द्रमा उमेदवार सार्वजानिक गरिसकेको नेकपा एमाले उदयपुरले दोस्रोचरणमा सम्बन्धित नगर र गाउँपालिकाका वडामा आफ्ना उमेदवार सार्वजानिक गर्दै भोट माग्ने अभियान सुरु गरेको छ ।
सोमबार रौतामाई गाउँपालिकाअन्र्तगत रहेको वडानं २ भुट्टारमा भव्य कार्यक्रमको आयोजना गरी आफ्ना उम्मेदवार घोषणा गरेको हो । वडामा उमेदवार घोषणासँगै एमालेले पुनः जनताका घरदैलोमा आफ्ना उमेदवारलाई जनताको विश्वास जित्न पठाएको एमाले जिल्ला अध्यक्ष इश्वरमणि राउतको भनाई छ ।
वडामा सम्बन्धित नगर र गाउँपालिकाका प्रमुख तथा उपप्रमुख र सम्बन्धित वडाका वडाध्यक्ष र सदस्यका उमेदवार सार्वजानिक गरेको हो । ठुलो संख्यामा उत्रिएका एमाले कार्यकर्ताहरुले घोषणासभा अघि उमेदवारलाई लिएर नाराजुलुससहित गाउँघर परिक्रमा गरेका थिए ।
रौतामाई गाउँपालिकामा एमालेले दुई कार्यकाल २ नम्बर क्षेत्रका क्षेत्रीय अध्यक्षको भमिका निभाएका तथा २०५४ सालको स्थानीय निकायको निर्वाचनमा रौता गाबिसबाट उपाध्यक्षमा निर्वाचित भएका गजेन्द्रबहादुर खड्कालाई अध्यक्ष र लोकपृय महिला नेतृ कुमारी ज्यु ठकुरीलाई उपाध्यक्षको उमेदवार बनाएको छ ।
घोषणासभामा बोल्ने वक्ता तथा कार्यकर्ताले एमालेको लालकिल्लालाई कसैले तोडन नसक्ने बताए । उनीहरुले रौतामाई गाउँपालिका क्षेत्र एमालेको उर्वर तथा उदगम क्षेत्र भएकाले पनि यसलाई जिवित राख्न आफुहरु हरहम्मेसा तयार रहेको बताए । रौतामाई गाउँपालिकाको बिकास एमालेबाट मात्र सम्भव भएकाले, हिजोका विकासका निरन्तरतालाई पनि एमालेले स्थानीय सरकार आबश्यकता रहेको औल्याए ।
सभामा बोल्दै एमाले अध्यक्ष इश्वरमणि राउतले जिल्लाका ८ वटै स्थानीय तहमा एमालेको विजयी यात्रालाई कसैले रोकेर रोक्न नसक्ने बताउनुभयो । राष्ट्र, राष्ट्रियताका सवालमा एमालेको चट्टान सरहको भुमिकालाई कसैले विर्सन नसक्ने भन्दै उहाँले एमालेसँग मात्रै मुलुकको दिगो समुद्धीका आधार र राष्ट्रियतालाई जोगाइ राख्ने योजना रहेको बताउनुभयो ।
त्यसैगरी एमालेका सचिब परमेश्वर घिमिरेले पहिलोचरणमा भएको निर्वाचनमा एमाले पहिलो पार्टी भएको देखेर प्रतिपक्षीहरु डराएको बताउनुभयो । उहाँले एमालेले अघि सारेको नीति, विचार, योजना अहिलेसम्मकै उत्कृष्ट भएकाले जनताको विश्वास जित्न सफल भएको दावि गर्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्षका उमेदवार गजेन्द्रबहादुर खड्काले राष्ट्र निर्माणमा जुटेको एमाले यतिबेला प्रत्येक जनताका घरदैलोमा मात्रै हुन मुटुमा बस्न सफल भएको बताउनुभयो । उहाँले गरिव, मजदुर, किसान, बृद्ध, एकल, अपाङकाको सम्मान र विकासको आँधिवेरी सृजना गर्ने क्षमता एमालेसँग मात्र रहेको दावि गर्नुभयो ।
एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा गाउँपालिका संयोजक कैलाश बस्नेतको अध्यक्षता र सहसंयोजक भरतबहादुर थापाको सञ्चालनमा भएको उक्त कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य टामिन्द्र राई, गाउँपाकिलाका उपप्रमुखका उमेदवार कुमारी ज्यु ठकुरी, वडाध्यक्षका उमेदवार खविन्द्र रास्कोटीलगायतले बोलेका थिए ।
त्यसक्रममा स्थानीयले सडक बाटो, विजुली वत्ति, क्याम्पस, रोजगारका अवसर, स्वास्थ्यका सवालालाई विशेषगरी समस्याकोरुपमा लिई व्यवस्थापन गर्न आग्रह गरेका थिए । वडानं २ मा एमालेले वडाध्यक्षमा खविन्द्र रास्कोटी, दलित सदस्यमा सरिता परियार, महिला सदस्य देवि दाहाल र खुल्ला सदस्यमा मणिकुमार राई र खड्गबहादुर राउतलाई उमेदवार बनाएको छ ।












प्रतिक्रिया