२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीको आह्वानमा प्रमुख दलका शीर्ष नेताको बैठक सिंहदरबारमा जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा प्रमुख दलका शीर्ष नेताको बैठक सिंहदरबारमा बसिरहेको छ ।

राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउने र उत्पन्न राजनीतिक परिस्थितिको समाधान खोज्न भन्दै कांग्रेस, एमाले, माओवादी केन्द्र राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठक सभामुख ओनसरी घर्तीको कार्यकक्षमा बसेको हो ।

राजपाले दोस्रो चरणको चुनाव विथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेपछि उसलाई सहमतिमा ल्याएर चुनावमा सहभागी गराउने प्रयास स्वरुप बैठक आयोजना गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्रका नेता र विजय गच्छदार सहभागी भएका बताइएको छ ।