४ कार्तिक २०८३, बुधबार

भारतीय कम्पनी ‘बर्जर पेन्टस’का म्यानेरलाई ‘नेकपा’को कालोमोसो

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, ३० जेठ । हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको भारतीय कम्पनी बर्जर पेन्टसका कर्मचारीहरूलाई दुरव्यवहार गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले फ्याक्ट्रीका म्यानेजरलाई कालोमोसो दलेका छन् ।

कम्पनीमा कार्यरत कर्मचारीलाई श्रम शोषण र दुरव्यवहार गरेको आरोप लगाउँदै नेकपाले सोमबार बेलुका ६:४४ बजे भारतीय नागरिक सुशीलकुमार द्विबेदीलाई कालोमोसो दलेको नेकपाले जनाएको छ ।

द्विबेदी विगत दुई वर्षदेखि बर्जर पेन्सटको कम्पनीमा कार्यरत छन् । कालोमोसो दल्ने क्रममा नेकपाले म्यानेजर द्विवेदीले प्रयोग गर्दै आएको बा. ८ च. ८६१७ नम्बरको गाडीमा तोडफोड गरेर क्षति पु¥याइदिएका छन् । द्विवेदीले नेपाली भाषा बोल्न सक्दैनन् ।

३/४ वटा मोटरसाईकलमा फ्याक्ट्री पुगेका ५/६ जनाको अपरिचित समूहले युनिसोपको कम्पाउण्ड नजिकै कालोमोसो दलेर भागेको पीडित द्विवेदीले बताएका छन् । उनले भने, ‘मलाई कालोमोसो दलेपछि मेरो गाडीलाई तोडफोड गरेर उनीहरू भागे ।’ द्विवेदीलाई कालोमोसो दलको स्थानमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पर्चा फेला पारेको छ ।

मकवापुरका एसपी वसन्तकुमार लामाले घटनाका विषयमा अनुसन्धान भइरहेको बताउँदै घटनामा संलग्न दोषीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।