२१ कार्तिक २०८३, शनिबार

मतगणना रोकिएकै बेला भरतपुरमा रुख ढलेपछि…

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, २९ जेठ । चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएर मतगणना रोकिएका बेला सोमबार रुख ढलेको छ ।

अहिले कतिपयले नेपाली कांग्रेसको चुनाव चिन्ह (रुख)सँग प्रहरी कार्यालयअघि ढलेको रुखलाई तुलना गर्दै व्यंग्य गरिरहेका छन् ।

मतगणना भैरहेको स्थलको सुरक्षाका लागि भन्दै अन्य बाटोहरु बन्द गरिएको बेला खुल्ला रहेको भरतपुरस्थित जिल्ला प्रहरी कार्यालय अगाडि रहेको बाटोमा रुख ढल्दा मोटरसाइकल र एउटा मिनी ट्रकमा क्षति पुग्यो भने केहीबेर सवारी आवागमन पनि प्रभावित बन्न पुग्यो ।

भरतपुर अस्पताललगायत सरकारी कार्यालयहरु जान प्रयोग हुने यो बाटो ढलेको रुख हटाएपछि सूचारु भएको थियो । अहिले कतिपयले नेपाली कांग्रेसको चुनाव चिन्ह (रुख)सँग प्रहरी कार्यालयअघि ढलेको रुखलाई तुलना गर्दै व्यंग्य गरिरहेका छन् ।