१ कार्तिक २०८३, आइतबार

आईएलओमा पहिलोपटक नेपालको जित, एमाले नेतृ पाण्डेको पनि नयाँ रेकर्ड

8.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० जेठ । आइएलओ सञ्चालक समिति ‘गभर्निङ बडी’को सहायक सदस्यमा सरकारीतर्फबाट पहिलोपटक नेपाल निर्वाचित भएको छ । नेपाल सन् १९६६ देखि आइएलओको सदस्य भए पनि हालसम्म आइएलओेको कुनै पदमा सरकारीतर्फबाट सदस्य बनेको थिएन। निजी क्षेत्रतर्फ भने नेपालका विभिन्न ट्रेड युनियनका नेता कामदारको प्रतिनिधित्व गर्दै तीन पटक सहायक सदस्य बनिसकेका छन्।

आइएलओअन्तर्गत मध्यएसियाको उपक्षेत्रीय समूहमा दुई देश मात्रै निर्वाचित हुन पाउने प्रावधान रहेकामा तीन देशको उम्मेदवारी परेपछि सोमबार निर्वाचन भएको थियो।

स्वीट्जरल्यान्डको जेनेभामा जारी आइएलओ १०६ औँ अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनमा सदस्यका लागि नेपालसहित बङ्गलादेश र पाकिस्तानले उम्मेदवारी दिएका थिए। सोमबार भएको निर्वाचनमा बङ्गलादेश र नेपाल विजयी भएको तथा पाकिस्तानले पराजय भोगेको संयुक्त राष्ट्र सङ्घीय नियोगका लागि नेपालका स्थायी प्रतिनिधि दीपक धितालले जेनेभाबाट जानकारी दिए।

नेपालसहित भारत, इरान, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, अफगानिस्तान र श्रीलङ्का मध्य एसियाको उपक्षेत्रीय समूहमा छन्। समितिको सहायक सदस्यमा ६६ सदस्य हुने प्रावधान छ। जसमा सरकारीतर्फबाट २८ देश तथा निजी क्षेत्रतर्फ रोजगारदाता र कामदारबाट १९–१९ जना सदस्य रहने व्यवस्था छ।

अन्तरार्ष्ट्रिय मापदण्डको अनुसरण गर्दै औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकको हकहित प्रवद्र्धन गर्न नेपालले खेलेको भूमिका, आइएलओले पारित गरेका धेरै अभिसन्धि अनुमोदन गरेको आधारमा नेपाल सदस्यमा निर्वाचित हुन सफल भएको धितालले बताए।

एमाले नेतृ पाण्डे पनि निर्वाचित

यसैगरी, नेकपा एमालेकी नेतृ बिन्दा पाण्डे पनि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सञ्चालक समिति गभर्निङ बडीको सहायक सदस्यमा पुनः निर्वाचित भएकी छिन् ।

एमाले पोलिटव्युरो सदस्य रहेकी पाण्डे आइएलओ गभर्निङ बडीमा निर्वाचित भएको यो तेस्रो हो । उनले एमालेको श्रमिक संगठन नेपाल ट्रेड युनियन महासंघबाट आईएलओमा प्रतिनिधित्व गरेकी हुन् । उनी नेपालका तर्फबाट सबैभन्दा बढी आईएलओमा प्रतिनिधित्व गर्ने सदस्य तथा नेपाल नारी बनेकी छिन् ।