
महोत्तरी, ३० जेठ । महोत्तरीमा नेकपा एमालेका सांसद दीनारायण साह चढेको गाडी तोडफोड गरिएको छ ।
राजपाका कार्यकर्ताहरुले सांसद साह चढेको बा१२च ९६९ नम्बरको गाडी औरही गाउँपालिका १ मा ढुंगा प्रहार गरी तोडफोड गरेका हुन् । साह महोत्तरी निर्वाचन क्षेत्र नम्बर ५ का एमालेका सांसद हुन् । सांसद साह केपी ओली सरकारमा शान्ति तथा पुननिर्माण राज्यमन्त्री थिए । आफ्नो निर्वाचन क्षेत्र सम्सी हुँदै रामगोपालपुरबाट औरहीतिर आउँदै गरेको अवस्थामा घटना भएको हो । उनीहरुले सांसद साहमाथि समेत उनलाई लक्षित गरी आक्रमण गरेका थिए । उनलाई केही भएको छैन् ।
तोडफोडबाट गाडीको सिसा फुटेको छ । सांसद साह मधेसविरोधी पार्टीको सांसद भएको भन्दै उनीहरु तोडफोडमा उत्रिएका थिए । सांसद साह इलाका प्रहरी कार्यालय बर्दिबासमा सुरक्षित रहेको बर्दिवासका प्रमुख डिएसपी शालिग्राम शर्माले जानकारी दिए ।
दोस्रो चरणको निर्वाचनको विरोध गर्दै राजपाले मंगलबारदेखि असार २ गतेसम्म तराईमधेस बन्दको घोषणा गरेको छ।











प्रतिक्रिया