३ कार्तिक २०८३, मंगलबार

अनिताले चुमिन् मिस मंगोलको ताज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिन्धुपाल्चोककी १७ वर्षीया अनिता लामाले मिस मंगोल नेपाल २०१७ को उपाधि चुमेकी छिन् । एक्सन इन्टरटेनमेन्टले शनिबार काठमाडौंमा आयोजना गरेको प्रतियोगितामा २९ प्रतिस्पर्धीलाई पछि पार्दै लामाले ताजसहित एक लाख रुपैयाँ पुरस्कार पाइन् ।

मिस पङ्चुअलको उपाधिसमेत जितेकी अनिता भविष्यमा वकिल बन्न चाहन्छिन् । बाग्लुङकी २३ वर्षीया खुसी मगर र धरान सुनसरीकी १८ वर्षीया श्वेता थापामगर क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए । बैंक अफ काठमाडौंमा कार्यरत खुसीले मिस फोटोजेनिकको उपाधि पनि हासिल गरिन् । त्यसैगरी, सेकेन्ड रनरअप श्वेता भारतको बैंग्लोरस्थित राजीव गान्धी कलेजमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत छिन् । खुसी र श्वेताले क्रमशः ५० र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

मिस मंगोल नेपाल २०१७ मा १७ जिल्लाका ३० प्रतियोगी अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा रसुवाकी भूमिका थापा मिस लिडरसिप, रामेछापकी रेभा सुनुवार मिस पर्सनालिटी, धनकुटाकी निशा लिम्बू मिस बेस्ट हेयर, काभ्रेकी रेनुका लामा मिस बेस्ट स्किन, सुनसरीकी निशा राई मिस डिस्सिप्लिन, सुनसरीकै महिमा राई मिस फ्रेन्डसिप, काठमाडौंकी केट्रिन कुलुङ मिस पब्लिक च्वाइस र बाग्लुङकी करुणा पुन मिस ट्यालेन्ट ठहरिए ।

कोरियोग्राफर रोजिन शाक्यले प्रतियोगीहरूलाई चार साता विभिन्न विषयमा प्रशिक्षण दिएका थिए । मिस मंगोलको यो नवौँ संस्करणमा अभिनेता नीर शाह, पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह राना, स्टान्टर्ड चार्टड बैंकका सिइओ जोसेफ सिल्भानस, मगर समाज सेवा केन्द्रका अध्यक्ष मानबहादुर बुढामगर, अभिनेता भुवन केसी, निर्देशक मिलन चाम्स तथा अभिनेत्रीद्वय सरिता लामिछाने र दिया पुन निर्णायक थिए ।