वाशिंगटन डिसी । अमेरिकाको टेक्सासमा हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले त्रैमासिक रुपमा संचालन गरिरहेको घरबार बिहीन तथा अशक्तलाई भोजन गराएको छ ।
गत जुन १० तारिख टेक्सस राज्यको ड्यालस को फोर्टवर्थको युनिटी पार्कमा ४ सय ८५ जना लाई खाना खुवाएको हो ।
टेक्ससको ड्यालस क्षेत्रमा बसोबास गर्दै आएका घरबार बिहीन, अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई भोजन गराउँदै आएको छ । संस्थाले उनीहरुको लागि स्वास्थ्य, शिक्षा र जीविकोपार्जन गर्नेदेखि उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरिरहेको छ ।
संस्थाले स्वास्थ्य उपचार तथा लुगाहरु समेत उपलब्ध गराई सहयोग गर्दै आएको छ । एचडीएनपी इन्टरनेसनलले हरेक ३ महिनामा रक्तदान पनि संचालन गर्दै आएको छ ।
















प्रतिक्रिया