४ कार्तिक २०८३, बुधबार

जगदम्बा स्टील्सद्वारा राईनो ५०० डी फलामे छड उत्पादन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । शंकर गु्रप अन्तर्गतको भगिनी कम्पनी, जगदम्बा स्टील्सले नेपाली बजारमा ग्यारेण्टिड डक्टिलिटी सहितको एफई ५००डी ग्रेडमा राईनो स्टील्स फलाम डन्डीको उत्पादन थालेको छ ।

उक्त एफई ५००डी ग्रेडमा राईनो स्टील्स फलाम डन्डीको उत्पादनका सम्बन्धमा प्राविधिक जानकारी प्रदान गर्न कम्पनीले स्वयम्भुस्थित ठूलो भर्याङ्गमा ईन्जिनियरहरुका लागि टेक्निकल मिटको आयोजना गरको हो ।

कम्पनीद्वारा आयोजित टेक्निकल मिटमा जगदम्बा स्टील्स प्रालिका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर आनन्द नेपालले राईनो ५००डी नेपालमा भएको अहिलेका अन्य फलामे डन्डीभन्दा भित्र र एक स्तरमाथिको गुणस्तरीय फलामे छड पहिलो पटक नेपालमा ल्याइएको जानकारी दिए ।

उनले उत्पादन प्रक्रिया, भौतिक तथा रासायनिक गुणको समिश्रणलगायत कारणले यो छड बजारमा उपलब्ध अन्य उपलब्ध छडभन्दा विशेष र पृथक रहेको बताए ।

ग्रेड एफई ५००डीमा कम्पनीले सल्फर र फसफोरसको समिश्रणको अधिकतम् ०.०७५ प्रतिशत मात्र प्रयोग गरेको छ । यसले गर्दा छड अत्यधिक मजबुत हुनुका साथै बजारमा पाइने डन्डी (एफई ५०० ग्रेड) भन्दा ३३ प्रतिशत बढी लचक हुने उनले बताए ।

कम्पनीका अनुसार उच्च डक्टिलिटी, लचकता र शक्ति सहितको राइनो ५००डी उच्च भुकम्पीय जोखिम भएको हाम्रो जस्तो देशका लागि अति उपयुक्त छ ।