४ कार्तिक २०८३, बुधबार

महासंघ प्रतिनिधिमण्डल र महानिर्देशक सिग्देलबीच भेट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले सोमबार सडक विभागका नवनियुक्त महानिर्देशक गोपाल सिग्देलाई भेटेर निर्माण व्यवसायका विद्यमान समस्याका बारेमा अवगत गराएको छ ।

महासंघ अध्यक्ष शरदकुमार गौचन नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण व्यवसायका समस्यार समाधानका उपायबारे महानिर्देशक सिग्देलको ध्यानाकर्षण गराएको हो ।

बहुसंख्यक निर्माण व्यवसायीहरु सहभागी हुन पाउने गरी सडक निर्माण कार्यका बोलपत्रहरुमा आवश्यक योग्यता (क्राईटेरीया)हरुमा सरलीकरण हुनेतर्फ ठोस पहलकदमीका लागि प्रतिनिधिमण्डलले आग्रह गरेको छ ।

जवाफमा महानिर्देशक सिग्देलले कानूनी दायरामा रही व्यवसायीहरुका सबै खाले समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो ।

भेटमा महासंघका उपाध्यक्षहरु रुद्र शर्मा, लक्ष्मणकुमार राना, महासचिव रामशरण देउजा, उपमहासचिव सूर्य तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।