काठमाडौं, २९ जेठ । विगत लामो समयदेखि क्यूनेट नेटवर्किङ कम्पनीको नामबाट अनलाइन व्यवसाय तथा बिभिन्न माध्यमबाट सर्वसधारणहरूलाई ‘क्यूनेट’को सदस्य बनाउने भन्दै ठगी गर्ने ठूलो समूहको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
रकम लिई सदस्यहरू बनाई नेपालमा अवैध रहेको नेटवर्क संचालन गर्ने गरेको बिषेश सूचनाको आधारमा प्रहरीले १४ जनाको समूहलाई पक्राउ गरेको हो ।
नेटवर्किङ व्यवसायको नाममा गैरकानूनी तवरले सर्वसाधारण समेतलाई सदस्यता बापत ठूलो रकम लिई नेटवर्कमा आवद्ध गराई पिरामिड संरचनामा ठगी हुँदै आएको थियो । सो सम्बन्धमा उजुरी परेपछि प्रहरीले बानेश्वरको सिद्धार्थ फुडल्याण्डमा छापा मारेर १४ जनाको समूहलाई आइतबार साँझ नियन्त्रणमा लिएको जनाएको छ ।
भ्रम सृजना गराउने किसिमको बिभिन्न आकर्षक योजनाहरूका सम्बन्धमा सदस्यहरूलाई बन्द प्रशिक्षण दिने गरिएको पनि प्रहरीले जनाएको छ ।
बन्द प्रशिक्षणमा सहभागी १ सय २ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएकोमा प्रारम्भिक छानविन पश्चात १४ जना सक्रिय व्यक्तिहरू उपर ठगी गरेको कसुरमा कानून बमोजिम अनुसन्धान कारवाही अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा प्रकृति बुढाथोकी, श्वेता बस्नेत, सृजना सिंह, अंकिता श्रेष्ठ, बिकल्प श्रेष्ठ, क्षितिज पौडेल, नरेश मल्ल, ओम गुरुङ, बिशन गुरुङ, किरण जोशी, सुमित मानन्धर, सौरभ गोयन्का, सुमित श्रेष्ठ र प्रमेश मानन्धर रहेका छन् ।











प्रतिक्रिया