राजविराज, २९ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनको आह्वानमा मधेसका विभिन्न जिल्ला सदरमुकामहरूमा मसाल जुलुस प्रदर्शन भएको छ ।
यसै क्रममा सप्तरीको राजविराजमा साँझ मसाल जुलुस प्रदर्शन भएको छ । राजपा नेपालका युवा नेता मनीषकुमार सुमनको नेतृत्वका दर्जनौँ नेता तथा कार्यकर्ताले मसाल जुलुस निकालेका हुन् ।
स्थानीय तहको दोस्रो चरणको आन्दोलन विथोलने गरेर आन्दोलन घोषणा गरेको गठबन्धनले जेठ ३० र ३१ तथा असार १ र २ गते मधेस, थरुहट र लिम्बुवानमा बन्दको आह्वान गरेको छ ।












प्रतिक्रिया