काठमाडौं । अभिनेत्री असिस्मा नकर्मी अभिनित अर्काे नयाँ भिडियो ‘लक्की पुरस्कार’ सार्वजनिक भएको छ ।
सुरेन्द्र घताङ र मेलिना राइको स्वर रहेको गीतमा डिपी खनालको शब्द रहेको छ । गीतमा संगीतकार एवम् एरेञ्जर पुस्कर सुनुवारले गरेका हुन् ।
भिडियोमा असिस्माका साथ सुरेन्द्र घताङ र भीमफेदी गाइज समेतको अभिनय रहेको छ । डान्सिङ बिटमा तयार पारिएको भिडियो निर्मल लामाले निर्देशन गरेका हुन् ।
सन्ध्या म्युजिकले ल्याएको भिडियोको साथमा म्युजिकले ५१ हजार नगद पुरस्कार सहितको अन्तर्राष्ट्रिय डान्स प्रतियोगिता समेत सार्वजनिक गरेको छ ।
डान्स प्रतियोगितामा भाग लिन सार्वजनिक गीतमा दुई वा दुई भन्दा बढी ब्यक्तिले नृत्य गरेर भिडियो बनाउनु पर्नेछ ।















प्रतिक्रिया