वीरगञ्ज, २९ जेठ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जका प्रबन्ध निर्देशक एवं नेकपा माओवादी केन्द्रका चर्चित व्यक्ति बसरूद्दिन अन्सारी एमालेमा प्रवेश गरेका छन् ।
पर्साको सदरमुकाम वीरगञ्जमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर २ इन्चार्ज सत्यनारायण मण्डल र केन्द्रीय कमिटी सदस्य रघुविर महासेठले अवीर र माला लगाएर अन्सारीलाई पार्टीमा स्वागत गरेका हुन् ।
नेता रघुविर महासेठका अनुसार अन्सार सँगै राजपा, कांग्रेस तथा अन्य पार्टीका कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।















प्रतिक्रिया