काठमाडौं, २९ जेठ । ललितपुर र महोत्तरीमा दुई युवती बलात्कृत भएका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जवरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–९ बालकुमारी मेगासिटी डेरा गरी बस्ने धादिङ घर भएका १७ वर्षीय राजु चेपाङलाई प्रहरीले पक्राउ गरेको छ । चेपाङले विगत २/३ दिनअगाडी देखि उनकै कोठामा बस्दै आएकी धादिङ घर भएकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको बताइएको छ ।
त्यस्तै, महोत्तरीमा औरही–२ फुलबरीया टिमपोखरी बस्ने १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय सुनिल साहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया