१० मंसिर २०८३, बिहिबार

राजपामा आयो नयाँ प्रस्ताव, राजेन्द्र महतोले ठाडै अस्वीकार गरे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । माग पूरा नभएसम्म निर्वाचन हुननदिने भन्दै आन्दोलनको घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपालमा संसदबाट राजीनामा दिएर तराई झर्नुपर्ने प्रस्ताव आएको छ ।

आन्दोलनको तयारीका लागि आइतबार बसेको शीर्ष नेताको बैठकमा राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले संसदबाट राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् । तर, यो प्रस्तावलाई अर्का सदस्य राजेन्द्र महतोले ठाडै अस्वीकार गरे ।

अब वारपारको लडाईका लागि अब संसदमा रहेका राजपा नेपालका सांसदहरुले राजीनामा दिएर आन्दोलनमा जानुपर्ने भन्दै यादवले एकातिर आन्दोलन र अर्कोतिर संसदबाट भत्ता बुझ्ने कार्य उचित नभएको बताएका थिए ।

तर उनको प्रस्तावमा जवाफ फर्काउँदै राजेन्द्र महतोले सविधान संशोधनको माग राखेर संसदबाट राजीनामा दिनु उचित नहुने भनेका थिए । अन्य नेताहरुको पनि यही धारणा रहेको स्रोतले बतायो ।