२१ कार्तिक २०८३, शनिबार

माओवादीबाट राज्यमन्त्रीमा सिर्जनाको नाम चर्चामा

9.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । नेकपा (माओवादी केन्द्र)ले मन्त्री र राज्यमन्त्रीहरूको चयन प्रक्रिया आन्तरिक रुपमा सुरु गरिसकेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै मन्त्री र राज्यमन्त्रीहरूलाई सपथ गराइनेछ ।

माओवादी केन्द्रसहितका दलहरूको समर्थनमा बनेको कांग्रेस नेतृत्वको वर्तमान सरकारमा मन्त्री बन्नेहरूको सूची लामो छ ।

माओवादी केन्द्रबाट राज्य मन्त्रीमा सांसद सिर्जना तरामु मगरको नाम चर्चामा छ । गुल्मी जिल्लाबाट समानुपातिक सांसद मगरको नाम राज्य मन्त्रीका लागि पार्टी नेतृत्व समक्ष पुगेको स्रोतले जनाएको छ ।

राज्य मन्त्रीका लागि गुल्मी जिल्लाका नेता तथा कार्यकर्ताले तपाईको नाम अगाडि सारेका रहे छन् नि ? भन्ने प्रश्नको जवाफमा सांसद मगरले भनिन्, ‘होला, साथीहरूले सिफारिस गर्नु भएको हुन सक्छ । पार्टीले जिम्मेवारी दियो भने बहन गर्न तयार छु ।’

माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन निकट मानिने सांसद मगर विद्यार्थी राजनीतिबाट लागेकी हुन् । ०५४/५५ सालदेखि नै माओवादी जनयुद्धमा सक्रिय भएकी मगरले भनिन्, ‘जनयुद्धका बेला सबै जिम्मेवारी बहन गर्नुपर्ने थियो । अहिले पनि पार्टीका हरेक गतिविधिमा सक्रिय छु ।’

हुन् माओवादीमा दोहोरिएर मन्त्री बन्नेहरू थुप्रै छन् । फेरि पनि अन्य नामहरू दोहोरिने क्रममा छन् । यद्यपि, माओवादी केन्द्रका केही शीर्ष नेताहरूले सकेसम्म प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा नयाँ अनुहार धेरै पठाउनुपर्ने आवाज जोडदार रुपमा उठेको छ ।