१ कार्तिक २०८३, आइतबार

कतारमा सदस्यताका लागि आवेदन खुला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा । गैरआवासीय नेपाल संघ, राष्ट्रिय समन्वय परिषद, कतारले आगामी कार्यकाल २०१७–२०१९ का लागि पंजिकृत सदस्यता नवीकरण तथा नयाँ सदस्यताका लागि आवेदन खुल्ला गरेको छ ।

संघको चौथो तथा अन्तिम राष्ट्रिय परिषद् भेलाको निर्णय अनुरुप पंजिकृत सदस्यता नवीकरण तथा नयाँ सदस्यताका आवेदनका लागि गत २६ मई २०१७ देखि अन्तिम मिति १४ जुलाई २०१७ शुक्रवार राति ११ः५९ बजे सम्म तोकेको छ ।

एनआरएनए एनसीसी कतारले यो पटक आवेदन दिनको आइसिसिको निर्देशन अनुरुप अनलाईन प्रबिधी मार्फत आबेदन लिएको छ ।

संघले विभिन्न मिडिया मार्फत सूचना जारी गर्दै कतारमा कार्यरत सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई आवेदन दिन र नबिकरण गर्न आह्वान गरेको छ ।

एनआरएनए एनसीसी कतारले पंजिकृत सदस्यता नवीकरण तथा नयाँ सदस्यता आवेदन सुल्क ५५ रियल कायम गरिएको छ ।