काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले नेतृत्वको टोलीले उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेको छ ।
भेटमा अध्यक्ष घलेले गैरआवासीय नेपाली संघका गतिविधि र समस्याहरूका बारेमा जानकारी गराएका थिए । घलेले कति पय देशमा राजदूतावास पनि नभएको र कतै कन्सुलर सेवा समेत पाउन कठिनाइ भएको भन्दै पहलकदमी लिन आग्रह गरेका थिए ।
उनीहरूले नेपाली नागरिक सरह नेपालमा काम गर्न पाउनुपर्ने भन्दै त्यसको वातावरण बनाइ दिन समेत आग्रह गरेका थिए । साथै उनीहरूले महरा र शर्मालाई कार्यकालको सफलताको शुभकामना पनि दिएका थिए ।















प्रतिक्रिया