३ कार्तिक २०८३, मंगलबार

‘सी’ ग्रेड फिल्मकी अभिनेत्री सञ्जय दत्तकी पत्नी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । अभिनेता सञ्जय दत्तको वैवाहिक जीनलाई लिएर फेरि बलिउडमा समाचार बाििरन थालेका छन् । सञ्जयको कम ब्याक फिल्म ‘भूमि’ को सुटिङ पूरा भइरहेका बेला वैवाहिक जीवनका बारेमा कुरा आएका हुन् ।

संजयसँग अदिति राव हैदरी देखिने छिन् । ‘भूमि’ को सेटमा धेरैजसो संजय दत्तकी श्रीमती मान्यता र बच्चाहरूलाई देखिएका थिए ।

मान्यता कुनै बेला ‘सी’ ग्रेडको फिल्ममा अभिनय गर्थिन् । अहिले पनि मान्यता धेरैजसो बोल्ड अवतारमा आफ्ना बच्चाहरूसँग देखिने गरेकी छिन् । तर उनी आफ्नो परिवार र बच्चालाई राम्रोसँग सम्हाल्ने गर्दछिन् ।

मान्यता यतिबेला संजय दत्त प्रोडक्शनकी सिइओ हुन् । उनी संजयको सबै काम सम्हाल्छिन् । मान्यता पनि एक बलिउड नायिका हुन् । मान्यताले फिल्म निर्माता प्रकाश झाको फिल्म ‘गंगाजल’ मा आइटम नम्बर गरेपछि चर्चा पाएकी हुन् । फिल्मको आइटम गीत ‘अल्हड जवानी’ मा मान्यताको बेजोड नृत्य देख्न सकिन्छ ।

मान्यताको जन्म एक मुश्लिम परिवारमा भएको थियो । पहिला मान्यताको नाम दिलनवाज शेख थियो । मान्यता दुबईमा हुर्किएकी थिइन् । मान्यता जब बलिउडमा आइन् तब उनले आफ्नो नाम सारा खान राखेकी हुन् ।

प्रकाश झाको फिल्ममा आइटम नम्बर गरेपछि उनले आफ्नो नाम परिवार्तन गरेर मान्यता राखेकी हुन् ।

मान्यताको पिताको दुबईमा व्यापार थियो । बाबुको मृत्युपछि घर सम्हाल्ने जिम्मेवारी उनीमाथि आएको थियो । यसैबाट उनको फिल्मी करियरमा ब्रेक लागेको थियो ।

मान्यताको भाग्य त्यतिबेला परिवर्तन भयो जब संजय दत्तले मान्यताको एक सी ग्रेड फिल्म ‘लभर्स लाइक अस’ को राइट्स २० लाख भारुमा खरिद गरे । यसै भेटघाटमा पहिलो पटक संजय दत्त र मान्यताको भेट भयो ।

त्यतिबेला संजय दत्तले एक जूनियर आर्टिस्ट नाडिया दुरानीसँग डेट गरिरहेका थिए ।

मान्यता कसैलाई केही नभनी संजयलाई भेट्न जान थालिन् । जतिबेला नाडिया शहरबाट बाहिर जान्थिन् तब मान्यता संजयलाई भेट्न उनको घरैमा जान्थिन् ।

उनी संजय दत्तलाई धेरैजसो आफ्नो हातले बनाएको खाना ख्वाएर प्रभावित गर्न कोसिस गर्थिन् । त्यतिबेला संजय दत्तलाई उनले के गरिरहेकी छिन् भन्ने थाहा हुँदैनथ्यो ।

सन् २००८ मा संजयले मान्यतासँग विवाह गरिन् । त्यतिबेला मान्यताको उमेर २९ वर्ष थियो जबकी संजय ५० वर्ष थिए ।

दुबैको विवाहको संजयको परिवारले निकै विरोध गरेका थिए किनभने दुबैको उमेरमा करिब २० वर्षको फरक थियो । मान्यता, संजयकी छोरी त्रिशालाभन्दा केही वर्षमात्र जेठी थिइन् ।

यस्तोमा कसैले पनि मान्यतालाई स्विकार गरेका थिएनन् । तर संजयलाई मान्यतामाथि पूर्ण विश्वास थियो । सन् २०१० मा मान्यताले जुम्ल्याहा सन्तान शरान र इकरालाई जन्म दिइन् । – एजेन्सी