धनगढी २८ जेठ । शनिबार एक अनुसन्धानमा कैलाली प्रहरीको बचपना देखिएको छ । अनुसन्धानमा ठहर नै नभइ १८ जना निर्दाेषलाई १ रात हिरासतमा लिएको छ । हिरासतपछि कन्फ्यूज भयो भन्दै आईतबार दिउँसो १ बजे मात्र उनीहरुलाई हिरासत मुक्त गरिएको हो ।
शनिवार गोदावरी खोला बालुवा ढुवानीका लागि गएका १८ वटा ट्रयाक्टर चालक सहित जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले नियन्त्रणमा लिएको थियो । मोहना नदिबाट अबैध रुपमा बालुवा निकासि हुदैछ भन्ने अपुष्ट खबरकै आधारमा उनीहरुलाई प्रहरी निरीक्षक इन्द्र मल्लको कमाण्डमा खटिएको टोलीले बिना चेकचाँज नै नियन्त्रणमा लिएको हो ।
हिरासतमा लिएको दोश्रो दिनपछि मात्र प्रहरी झुक्किएर चालक र ट्रयाक्टर समातिएको कैलालीका प्रहरी प्रबक्ता डीएसपी बीरबहादुर घर्ती मगरले स्वीकार गरे । बिहान ट्रयाक्टर मालिकले काटेको रोयल्टी हेर्दा प्रहरी अलमलमा परे । जिविसको सामान्य ढुवानीको नियमबाट अनविज्ञ रहेका कैलालीका प्रहरीले जिविसमा सोधपुछ गरेपछि मात्र ती समातिएका ट्रयाक्टर चालकहरु निर्दाेष रहेको थाहा पाए । जब कि ट्रयाक्टरहरु जिल्ला विकास समितिले तोकेको रोयल्टी तिरेको रसिद सहित बालुवा ढुवानीका लागि गोदावरी खोलामा गएका थिए ।
प्रहरीको बचपना !
यो घटनामा प्रहरीको बचपना स्पष्ट देखिएको छ । प्राप्त सूचनालाई रुजु नै नगरी बिना चेकचाँज नै अपराधी सोसरह हिरासतमा लिएको देखिन्छ । जि.वि.स.को सामान्य नियमबाट बेखबर रहेर प्रहरीले बैध र अबैधको सामान्य भिन्नता पनि छुट्टयाउन नसकी हचुवाकै आधारमा नियन्त्रणमा लिनुले कैलाली प्रहरीको बचपना थप पुष्टि भएको छ । “सय अपराधी समातियोस् या नसमातियोस् तर एक निर्दाेष फस्नु हुँदैन ।” भन्ने प्रहरी संगठनमा एउटा निक्कै प्रचलित कथन छ । तर यहाँ त १८ जना निर्दाेषलाई अनुसन्धानका नाममा यातना दिएको प्रष्ट हुन्छ । सामान्य गरिखाने मजदूरलाई नियन्त्रणमा लिएर भोकभोकै एक रात थुनुवा कक्षमा राखिएको घटनाले यतिखेर निकै ब्यापकता पाएको छ । प्रहरी मेरो साथी भन्ने अभियानमा निकै जोडतोडले लागेका नेपाल प्रहरीको यस्तो कर्तूतले सर्बसाधारणलाई चकित बनाएको छ ।













प्रतिक्रिया