काठमाडौं, २८ जेठ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिकाको वडा नं. ७ मित्रपार्क,चाबहिलमा आफ्नो ४५ औं शाखा संचालनमा ल्याएको छ ।
उक्त शाखाको औपचारिक समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा बैंकका सञ्चालक समितिका सदस्यहरुकोे उपस्थितिमा बैंकका अध्यक्ष जलाल अहमदद्धारा जेठ २६ गते गरिएको थियो ।
कार्यक्रममा उपस्थित काठमाडौँ नेपाल च्याम्बर अफ कमर्सका कार्यकारी सदस्य टिकाराम शर्मा, नेपाल राष्ट्र बैंकका भुतपूर्व डेपुटी गर्भनर प्रफुल्ल कुमार काफ्ले तथा काठमाडौँ महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शुद्ध कुमारडङ्गोलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
चाबहिल शाखा सहित बैंकले ४५ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ४५ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।















प्रतिक्रिया