बारा, २८ जेठ । असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि नेकपा एमाले जिल्ला कमिटी बाराले जिल्लाका १५ वटा तहमध्ये ८ वटा गाउँपालिकाका वडाध्यक्ष र सदस्यका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
सार्वजनिक गाउँपालिकामा सुवर्ण गाउँपालिका, करैयामाइ गाउपालिका, परवानिपुर गाउँपालिका, प्रसौनी गाउपालिका, देवताल गाउँपालिका, फेटा गाउँपालिका, आदर्श कोतवाल र बारागढी गाउँपालिकाका वडाध्यक्ष र सदस्यका उम्मेदवारहरु रहेका छन् । बाँकी रहेका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष र सदस्यका उम्मेदवारहरु भोलि सम्ममा सार्वजनिक गरिने एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले बताउनुभयो ।
पार्टी जिल्लाद्धारा पारित गरिएका उम्मेदवारहरुको नाम जिल्ला कमिटी बाराका अध्यक्ष सुन्दर बिकद्धारा प्रमाणीत गरी सम्बन्धित गाउँपालिकामा पठाइएको छ ।












प्रतिक्रिया