४ कार्तिक २०८३, बुधबार

टाटा मोटर्सद्वारा सिप्रदी ट्रेडिङ्ग प्रालि विश्वकै सर्वोत्कृष्ट डिष्ट्रिब्युटर अर्वाडबाट सम्मानित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि. टाटा मोटर्सको विश्वकै सर्वोत्कृष्ट डिष्ट्रिव्युटर अवार्ड २०१६ बाट सम्मानित भएको छ । नेपालको लागि टाटा मोटर्सको एक मात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. हालै भारतको मुम्बईमा सम्पन्न भएको टाटा मोटर्स ग्लोबल एचिभमेन्ट अवार्ड २०१६ कार्यक्रममा सर्वोत्कृष्ट डिष्ट्रिव्युटर घोषित भएको हो ।

युरोप, अफ्रिका र एसियाका गरि विश्वका ४५ देश बाट प्रतिनिधित्व गर्ने टाटा मोटर्सको बितरकहरु मध्येबाट उत्कृष्ट सम्मान पाएको सिप्रदी ट्रेडिङ्ग प्रालिले थप अन्य आठ वटा विधाहरुमा पनि उत्कृष्ट अवार्ड हात पार्न सफल भएको छ । बस र एम एण्ड एच सि भि ट्रक विधाबाट ‘सर्वाधिक विक्री २०१६’ को साथै ‘सर्वाधिक मार्केट शेयर २०१६’, त्यस्तै अल्ट्रा बसको लागि ‘सर्वाधिक विक्री २०१६’ को उत्कृष्ट अवार्डहरु हात पार्नुको साथै ‘उत्कृष्ट कस्टुमर इन्गेजमेन्ट २०१६’, ’सर्वाधिक मार्केट शेयर २०१६’ र ‘उत्कृष्ट ग्लोबल सर्भिस क्याम्प २०१६’ अवार्डहरु बाट पनि सम्मानित भएको छ ।

उक्त कार्यक्रममा विश्व भरिका टाटा मोटर्सका आधिकारिक वितरकको तर्फ बाट बरिष्ठ ब्यक्तिहरुको सहभागीता रहेको थियो । उक्त अवार्डहरु बाट सम्मानित भए पछि सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले आगामी दिनहरुमा पनि राम्रो काम र उत्कृष्ठ सेवाहरु प्रदान गर्दै यस्तो अवार्डहरु बाट निरन्तर सम्मानित हुने र देशकै नाम उच्च राख्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

सन् १९८२ मा स्थापीत सिप्रदी ट्रेडीङ्ग प्रा.ली. ले टाटा मोटर्सका विभीन्न गाडीहरु नेपालमा विक्री वितरण गर्दै आईरहेको छ । नेपाल भरी २४ वटा विक्री पश्चात सेवा दिने केन्द्रहरु रहेको यस कम्पनीले ग्राहकहरुको सन्तुष्टीको लागी पूर्णरुपमा सेवाहरु प्रदान गर्दै आईरहेको छ । नेपाल सरकारले पनि धेरै पटक सवै भन्दा बढी कर तिर्ने सस्थांको रुपमा सिप्रदी ट्रेडिङ्गलाई सम्मान गरिसकेको छ ।