४ कार्तिक २०८३, बुधबार

बुढीगण्डकी जलविद्युत आयोजना चीनलाई दिएपछि बाबुरामको विरोध ! आन्दोलन गर्ने चेतावनी

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २८ जेठ । नयाँ शक्ति पार्टी नेपालले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने सरकारको निर्णयमा आपत्ति जनाएको छ ।

पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पत्रकार सम्मेलन गरी बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम चिनियाँ कम्पनी गेजुवालाई दिने सरकारको निर्णयको विरोध गरेका हुन् ।

भट्टराईले स्वदेशी स्रोत, साधन र पूँजी परिचालन गरी निर्माण गर्ने योजना बनाइएको राष्ट्रिय गौरवको आयोजना अकस्मात विदेशी कम्पनीलाई दिने सरकारको निर्णय फिर्ता नभए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले विधि र प्रक्रियासमेत मिचेर बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिएर अर्को राष्ट्रिय हित विपरित कदम चालेको आरोप लगाउँदै उनले यो निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरे ।

अरबौं आर्थिक चलखेल गरेर सरकारले स्वदेशी लगानीमै निर्माण गर्न लागिएको आयोजनाको निर्माण कार्य चीनको कम्पनीलाई दिनु राष्ट्रिय लज्जाको विषय भएको उनको टिप्पणी छ ।
बुढीगण्डकी जलविद्युत आयोजना भट्टराई नेतृत्वको सरकारको पालामा सुरु भएको थियो ।