२९ आश्विन २०८३, बिहिबार

अफगानी ‘कमाण्डो’द्वारा अमेरिकी दुई सैनिकको हत्या

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जलालावाद (अफगानिस्तान), २८जेठ अफगानिस्तानको एक सैनिकद्वारा गठबन्धन सेनाका दुई अमेरिकी अधिकारीमाथि शनिबार गोली प्रहार गरी हत्या गरेका अफगानी सुरक्षा स्रोतले जनाएको छ ।

इस्लामिक स्टेट (आइएस) समूहको प्रभाव क्षेत्र नान्गाहार प्रान्तमा कार्यरत संयुक्त सैन्य कारबाहीका लागि तैनाथ गरिएको सो सैनिक समूहका एक सहयोद्धाबाट अचिन जिल्लामा आक्रमण हुँदा दुईजना अमेरिकी सेनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्, नान्गाहार प्रानतका प्रवक्ता प्रवक्ता अतोल्लाह खगोनीले बताउनुभयो ।

घटनापछि आफ्नै सहकर्मीमाथि आक्रमण गर्ने आक्रमणकारी अफगानी सेनाको पनि जवाफी कारबाहीमा मृत्यु भएको खगोनीले बताउनुभयो । – एएफपी