
काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसले केही उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूमा प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरूको टुंगो लगाएको छ ।
कांग्रेस मुख्यालय सानेपा ललितपुरद्वारा शनिबार जारी विज्ञप्ति अनुसार कैलाली जिल्लाका सबै स्थानीय तहको टिकट टुंग्याइएको हो । बाँकी जिल्लाको स्थानीय तहहरूका विषयमा सानेपामा जारी शीर्ष नेताहरूको बैठकमा छलफल भइरहेको जनाइएको छ ।
कांग्रेसले धनगढी उपमहानगरपालिकामा मेयरमा नृप ओढ र उपमेयरमा सुशीला मिश्र भट्टलाई टिकट दिएको छ । टीकापुर नगरपालिकामा मेयरमा जंगबहादुर साउद तथा उपमेयरमा केशरी विष्ट रावलले टिकट पाएका छन् ।
घोडाघोडी नगरपालिकाको मेयरमा रीताकुमारी चौधरी र उपमेयरमा हेमबहादुर बमले टिकट पाएका छन् । लम्कीचुहा नगरपालिकाको मेयरमा भक्तबहादुर थापा र उपमेयरमा धना चौधरीले टिकट पाएको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी भजनी नगरपालिकाको मेयरको टिकट वीरबहादुर हमाल र उपमेयरको टिकट भारती चौधरीलाई दिइएको छ । गोदावरी नगरपालिकामा मेयरको टिकट वीरेन्द्र भट्ट र उपमेयरमा भगवती पाठकले पाएका छन् ।
गौरीगंगा नगरपालिकाको मेयरमा दिनेशराज जोशी र उपमेयरमा मेनका जोशी तथा जानकी गाउँपालिकाको प्रमुखमा गंगादेवी चौधरी र उपप्रमुखमा सूर्यबहादुर बटालाले टिकट पाएका छन् ।
बर्दगोरिया गाउँपालिकाको प्रमुखमा दिनेशराज जोशी र उपप्रमुखमा मेनका जोशी, मोहन्याल गाउँपालिकाको प्रमुखमा लोकेन्द्रबहादुर बडुवाल र उपप्रमुखमा रविकुमारी रानामगर, कैलारी गाउँपालिकाको प्रमुखमा राजसमझ चौधरी र उपप्रमुखमा अनिता चौधरी, जोशीपुर गाउँपालिकाको प्रमुखमा रामकृष्ण चौधरी र उपप्रमुखमा गीता कठरिया तथा चुरेगाउँपालिकाको प्रमुखमा टीकाराम ढुंगाना र उपप्रमुखमा धना थापाले टिकट पाएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।












प्रतिक्रिया